Monday, June 21, 2021
युनिकोड

विभिन्न हातहतियार बरामद

काठमाडौं – भक्तपुरकाे सूर्यविनायक नगरपालिका-४ दक्षिणबाराही मन्दिर नजिक चौताराबाट एसएलआर राइफलको ५ थान लाइभ गोली आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ । सोही ठाउँस्थित चौताराको मर्मत गर्ने क्रममा उक्त गोली फेला परेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उक्त गोली बरामद गरेको प्रहरीले जनाएकाे छ ।

यस्तै धनकुटा, छथरजोरपाटी गाउँपालिका-३ स्थित चिहानडाँडा जंगलबाट वेवारिसे अवस्थामा रहेको १ थान लोड गरी राखिएको एकनाले भरुवा बन्दुक, बट बिनाको १ थान बन्दुकको नाल र त्यसमा प्रयोग हुने २० थान छर्रा आइतबार बिहान प्रहरीले बरामद गरेको छ । प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको संयुक्त प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा उक्त बन्दुक र छर्रा फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

याे पनि पढ्नुहाेस् >> चोरीका सामानसहित १ जना पक्राउ

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै