नगद तथा सुनका विभिन्न गहना चोरी

भक्तपुर- भक्तपुरमा नगद तथा सुनका विभिन्न गहना चोरी भएकाे छ । भक्तपुर नगरपालिका-१ श्रृजनानगर बस्ने ६१ वर्षीय राजाराम कासुलाको घरबाट नगद १ लाख ५० हजार रूपैयाँ र सुनको बिभिन्न गहना समेत गरी करिब ५ लाख ७ हजार ५ सय रूपैयाँ बराबरको धनमाल आइतबार बिहान चोरी भएको प्रहरीले जनाएकाे छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै