गृहपृष्ठ राजनीति बाबुरामको प्रश्न , ‘एउटै चुलोमा भान्सा गरे पछि आजसम्मका सबै कर्तुतमा माफी ?’

बाबुरामको प्रश्न , ‘एउटै चुलोमा भान्सा गरे पछि आजसम्मका सबै कर्तुतमा माफी ?’

प्रकाशित मिति:

काठमाडौं – पूर्व प्रधानमन्त्री तथा जसपाका संघीय अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाल-खनाल समूहलाई ओली समूहसँग मिल्न जाँदा ओली सरकारले गरेका सबै कमजोरीलाई माफी दिने भनेर प्रश्न गरेकाछन् ।

आइतबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट समूहलाई पार्टीलाई २०७५ जेठ ३ कै अवस्थाबाट सुरू गर्ने प्रस्ताव राखेसँगै उनले यस्तो बताएका हुन् ।

उनले सामाजिक संजालमा भनेकाछन्, ‘एमाले कणहरूसँग जिज्ञासा: तपाईंहरू सबै जेठ ३ मा फर्केर एउटै चुलामा बाक्लो दालसहित भातभान्सा गरेमा त्यस यता ओलीले गरेका २/२पटकका संसद विघटन,संवैधानिक अंगहरूको अवैध कब्जा,यति/ओम्नी लगायतका अर्बौंको भ्रष्टाचार,सांसद अपहरण,कोरोनापीडित लाखौंको विचल्ली,अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन्?’

सम्बन्धित् समाचार