Sunday, June 20, 2021
युनिकोड

निषेधाज्ञाको पालना गराउँदा प्रहरी र स्थानीयबीच झडप हुँदा डीएसपीसहित ६ प्रहरी घाइते

रौतहट – निषेधाज्ञाको पालना गराउन रौतहटको गरुडामा खटिएको प्रहरी टोली र स्थानीयबीच झडप भएको छ। झडपमा इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी द्वारिका घिमिरेसहित ६ जना प्रहरी घाइते भएका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रौतहटको गरुडा नगरपालिका ९ को गेडहिगुठी टोलमा निषेधाज्ञाको बेला चर्को लाउडस्पिकर बजाएर जन्ती जान लागेको टोलीलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको भएको हाे ।

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धीविक्रम शाहका हनुसार प्रहरी टोलीले सम्झाइ बुझाइ गर्न खोज्दा घेरा हालेर आक्रमण गरिएको बताइएको छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै