Sunday, June 20, 2021
युनिकोड

राउटे समुदायका महिलालाई यौन दुर्व्यवहार गरेको अभियोगमा ३ जना पक्राउ

सुर्खेत । राउटे समुदायका २ महिलालाई यौन दुर्व्यवहार गरेको अभियोगमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गुर्भाकोट नगरपालिका-९ हल्के बस्ने ३५ वर्षीय चुमन बहादुर घर्ती, सोही ठाउँ बस्ने २४ वर्षीय भुपेन्द्र बुढा मगर र २९ वर्षीय मिलन पुन मगर रहेका छन् ।

सोही नगरपालिका-११ स्थित घुघुती खोलामा रहेको अभियुक्त मिलनको सुभकामना होटलमा लगि १८ वर्षीया र २२ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको भिडियो बनाई सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी चौकी मेहलकुनाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै