गृहपृष्ठ स्वास्थ्य काठमाडौंमा भोली देखि ६० वर्ष माथिकालाई भेरोसेल दिइने

काठमाडौंमा भोली देखि ६० वर्ष माथिकालाई भेरोसेल दिइने

प्रकाशित मिति:

काठमाडौं – काठमाडौं महानगरपालिकाले साेमबार देखि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल (चाइनिज ) खोपको पहिलो डोज लगाउने भएको छ ।

जेठ २५ गतेदेखि जेठ २९ गतेसम्म खोप कार्यक्रम चल्ने र बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म नजिकको वडा कार्यालयमा गएर खोप लगाउन सकिने महानगरले जनाएको छ।

खोप लगाउनका लागि उमेर खुल्ने परिचय पत्र साथै लैजानुपर्नेछ।

पहिलो खोप लगाएकालाई अहिले दोस्रो खोप नलगाइने र कोरोना संक्रमण भएका व्यक्तिले एक महिला पूरा भएपछि मात्रै खोप लगाउन पाउने महानगरले जनाएको छ।

सम्बन्धित् समाचार