गृहपृष्ठ प्रदेश २ हुण्डी कारोबार गरेको अभियोगमा पक्राउ

हुण्डी कारोबार गरेको अभियोगमा पक्राउ

हुण्डी कारोबार गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति:

पर्सा – हुण्डी कारोबार गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैध वित्तिय कारोबार (हुण्डी) गरेको अभियोगमा वीरगंज महानगरपालिका–६ बस्ने ३९ वर्षीय अमित कुमार गुप्तालाई नगद ३ लाख रुपैयाँ सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हाे।

भारतबाट नेपालतर्फ आउँदै गरेको ना.२८ प ५७५८ नम्बरको मोटरसाईकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका–१६ ईनर्वा चोकमा जाँच गर्ने क्रममा शरीरमा लुकाई छिपाई ल्याएको उक्त नगद सहित फेला पारी मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनी उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

याे पनि पढ्नुहाेस् >> प्रहरीको नाममा रकम असुली गर्ने नक्कली प्रहरी पक्राउ

सम्बन्धित् समाचार