Sunday, June 20, 2021
युनिकोड

कोभिसिल्ड लगाएकालाई अब ‘एस्ट्राजेनेका’

काठमाडौं- कोभिसिल्ड खोपको दोस्रो डोज कुरेर बसेकाहरूले सोही प्रकृतिको अर्को खोप पाउनेे भएकाछन् ।

सुरूमा २८ दिनमा कोभिसिल्डको दोस्रो डोज दिने मापदण्ड भएपनि पछि बढाएर दुई महिना र तीन महिना बनाएको थियोे । अहिले तीन महिना पुरा भइसकेकोले सो खोपको दोस्रो डोजको रूपमा

यद्यपि खोप खरिद गरिएको भारतको सेरम इन्स्ट्यिुटले अभावका कारण तत्काल खोप उपलब्ध गराउन नसकिने भनेपछि खोप लगाउन असमर्थ भएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

विभागले आइतबार एक विज्ञप्ति जारी गर्दै सो खोप लगाउन असमर्थ भइएको र अब सोही प्रकृतिको अर्को एस्ट्राजेनेका खोप लगाइने बताएको हो ।

मन्त्रालयले कोभिसिल्ड खोपको विकल्पमा एस्ट्राजेनेका कै खोप लगाइने भन्दै सबैलाई धैर्य रहन आग्रह गरेको छ । 

स्वास्थ्य सेवा विभाग र युनिसेफको सहकार्यमा डेनमार्कबाट करिब १४ लाख एस्ट्राजेनेकाको खोप भित्रिने तयारी भइरहेको समाचार विभिन्न सञ्चारमाध्यममा आएको छ ।

कोभिसिल्ड र एस्ट्राजेनेका एउटै किसिमको खोप हुन् । विभागले कोभिसिल्डको विकल्पमा यहीँ खोप लगाउने तयारी गरेको देखिन्छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै