Thursday, June 17, 2021
युनिकोड

‘झुक्याउन, अलमल्याउन र मिडिया कन्जम्सनको लागि गरिएको प्रस्ताव ‘ : नेत्री झाँक्री

ततकाठमाडौं – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ को अवस्थाबाट अगाडि बढाउने प्रस्ताव अगाडि सारेसँगै एमालेको नेपाल-खनाल समूहमा तरंग उत्पन्न भएको छ ।

एमाले नेत्री राम कुमारी झाँक्रीले प्रस्तावमा शंका भरिएको बताएकी छिन् ।

‘ भर्खरै मिडियामा अध्यक्ष क. खड्ग प्रसाद ओलीको नामबाट आएको वक्तव्य पढ्न पाइयो। सुरूमा यो वक्तव्य देखेर म पनि खुसी भएँ। उत्साहित हुँदै पढेँ। पढ्दै जाँदा लाग्यो पार्टीको एकता खास उध्देश्यका लागि थियो र एकता भंग पनि खास उदेश्य पुरा गर्न योजनागत ढंगले गरिएको कुरा दिनको घाम जस्तै छ। अब रह्यो नेकपा एमालेको एकताको कुरा: यो साच्चै एकताको लागि गरिएको भए एकता गर्नुपर्ने दुई पक्ष बिचमा सहमति गरि वरिष्ठ नेता कमरेड माधव नेपाल सहितको संयुक्त वक्तव्यको रूपमा आउथ्यो। ‘ उनले भनेकी छिन् ।

उनले अध्यक्षको वक्तव्यलाई एक प्रकारले पार्टी एकता हुन नदिने डिजाईनका साथ आएको वक्तव्य भन्दै त्यस प्रति भ्रममा नपर्न अनुरोध गरेकी छिन् ।

‘एकतर्फी घोषणा गरेर एकता गर्न खोजिएको होईन… झुक्याउन, अलमलाउन र मिडिया कन्जम्सनको लागि हो भनेर बुझ्नुपर्छ। अझ गम्भिर कुरा त के छ भने बुदा नं. ४ मा अदालतमा दिएको हस्ताक्षर फिर्ता गरिनेछ भनिएको छ। यो कसले फिर्ता लिने? फिर्ता लिने पक्षसँग यो वक्तव्य जारी गर्न सहमति वा संवाद आवश्यक पर्ने होईन र?’ उनले भनेकी छिन्, ‘ लोकतन्त्रको रक्षाको लागि संविधानलाई क्रियाशिल गराउन, संसद पुनस्थापना गर्न, हामी अदालतको ढोका ढकढकाउन पुगेका थियौँ। हामीहरूले यसको सुनिश्चिता बिना हस्ताक्षर फिर्ता लिने भन्ने प्रश्न नै आउँदैन। त्यसैले यो एक प्रकारले पार्टी एकता हुन नदिने डिजाईनका साथ आएको वक्तव्य हो। यसप्रति भ्रममा नपर्न अनुरोध गर्दछु। ‘

विकसित घटनाक्रम र समग्र पछिल्लो राजनीतिक परिस्थितिवारे हाम्रो पार्टीको स्थायीको बैठक बसी संस्थागत धारणा दिइने उनले उल्लेख गरेकी छिन् ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै