Thursday, June 17, 2021
युनिकोड

नेप्से सुचक दोहोरो अंकले बढ्यो

काठमाडौं – साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से सूचक दोहोरो अंकले बढ्दै नयाँ रेकर्ड राख्न सफल भएको छ । आज नेप्से सूचक ५०.२७ अंकले बढेर २९०६.८९ को बिन्दुमा पुगेको हो । यो हाल सम्मकै उच्च बिन्दु हो ।

आज १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५ सय २५ रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २१७ कम्पनीको ३ करोड ७४ लाख ५५ हजार १ सय ८९ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।

आज महिला लघुवित्त र लुम्बिनी विकास बैंक लगायत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज ईन्भेष्टमेन्ट, बैकिङ, लगायत ७ क्षेत्रको समूहगत सूचक बढेको छ भने हाईड्रोपावर, ट्रेडिङ लगायत ६ क्षेत्रको समूहगत सूचक घटेको छ ।

आज ईन्भेष्टमेन्ट समूहको सूचक सर्वाधिक बढी ३.९७ प्रतिशतले बढेको छ भने हाईड्रोपावर समूहको सूचक सर्वाधिक बढी १.६३ प्रतिशतले घटेको छ ।

आज नेपाल पूनर्बीमा कम्पनीको सबैभन्दा धेरै १ अर्ब २१ करोड १४ लाख र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८३ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

याे पनि पढ्नुहाेस् >> नेप्सेमा उच्च अङ्कको वृद्धि

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै