Monday, June 21, 2021
युनिकोड

तोलामा ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं – साताको पहिलो दिन आज आईतबार सुनको मूल्य ७ सय रुपैयाँल बढेको छ । शुक्रबार तोलाको ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ७ सय रुपैयाँले बढेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य पनि ७ सयले बढेर ९२ हजार ६ सय रुपैयाँ प्रतितोला रहेको छ । आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ६ सय ७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८० हजार २ सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ६१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै