Thursday, June 17, 2021
युनिकोड

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

 काठमाडौं – धादिङकाे धुनिवेशी नगरपालिका-९ काफलचौरमा ना.१ क ३७९६ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खोल्सामा खसेर शनिबार दिउँसो दुर्घटना हुँदा ट्रक चालक सोही ठाउँ बस्ने ४० वर्षीय राम कुमार तामाङको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको समाज अस्पताल सतुङ्गल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

यसैगरी धादिङ, गल्छी गाउँपालिका-७ भलटारस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३० वर्षीय नबराज घिमिरेको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बुढीगण्डकी अस्पताल गल्छीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ । शंकास्पद एक ट्रकलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी चितवनकाे, भरतपुर महानगरपालिका-२९ घुमाउने भन्ने स्थानमा ना.५ ख ८१५५ नम्बरको ट्रक र बा.४८ प ८८३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका-१० रमाईलो चोक बस्ने ३५ वर्षीय बिनोद अधिकारीको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार भरतपुर महानगरपालिका-२९ जुगेडी बस्ने २८ वर्षीय  मनोज थापा क्षेत्रीको सोही अस्पताल हुँदै थप उपचारको लागि नँया मेडिकल कलेज पठाइएको छ । फरार ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।

यस्तै गोरखाकाे, पालुङटार नगरपालिका-९ मसानठाँटीमा ग.१ त ४२७८ नम्बरको ट्याक्टर सडकबाट करिब १० मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा सोही ट्याक्टरमा काम गर्ने धादिङ दार्खा-३ खनिया घर भएका २० वर्षीय याकुब तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी रौतहटकाे गौर नगरपालिका-४ गौर चपुरस्थित सडकमा बीआर ०५ एएच ७५४४ नम्बरको मोटरसाइकललाई ज.१ त ४४१४ नम्बरको ट्याक्टरले शनिबार राति ठक्कर दिँदा मोटरसाइकल चालक वौधीमाई नगरपालिका-७ बंकुल बस्ने ३२ वर्षीय ‍मुकेश जयसवालको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला सरकारी अस्पताल गौरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीय शिवकुमार यादवको सोही अस्तपाल हुँदै थप उपचारको लागि वीरगंज पठाइएको छ । ट्याक्टर चालकलाई  प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै रामेछापकाे मन्थली नगरपालिका-१ बसपार्कमा ना.६ त ४५८५ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार दैलेख नौमुले गाउँपालिका-२ बस्ने २० वर्षीय कृष्ण शाहीको शनिबार साँझ मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार ट्याक्टरबाट अचानक खस्दा गम्भीर घाइते भएका उनको तामाकोशी अस्पताल मन्थलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे हाे। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै