Thursday, June 17, 2021
युनिकोड

अवैध लागूऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

कैलाली – अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ कैलालीकाे भजनी नगरपालिका-३ स्थित सडकबाट ३० ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

पक्राउ पर्नेहरुमा वर्दगोरीया गाउँपालिका-१ कट्टिपुर बस्ने २५ वर्षीय धिरेन्द्र बम र सोही गाउँपालिका-१ मुडा गाउँ बस्ने २४ वर्षीय डबल भुल रहेका छन् । ‘अन टेष्ट’ लेखिएको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय भजनी कैलालीबाट खटिएको प्रहरीले जाँच गर्न क्रममा उक्त पदार्थ सहित फेला पारी मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।          

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै