Sunday, June 20, 2021
युनिकोड

संवैधानिक इजलासमा सरकार पक्षले उठाए फेरि न्यायाधीश माथि प्रश्न

काठमाडौं –  प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइका लागि संवैधानिक इजलासको पुनर्गठनमा गरेपछि असहमति देखिएको छ ।

महान्यायाधिवक्ता रमेश बडालले संवैधानिक इजलासमा समेटिएका न्यायाधीशका बारेमा प्रश्न उठाएका छन् । आइतबार बहसका क्रममा बडालले न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराई इजलासबाट बाहिरिनुपर्ने धारणा राखेका छन् ।

प्रधानमन्त्री ओली पक्षका वकिलहरूले पनि विवाद झिकेका छन् । ओली पक्षका केही अधिवक्ताहरूले इजलासको रोस्टरमा रहेका ११ जना न्यायाधीशहरूले अहिलेको मुद्दा सुनुवाइ गर्न नमिल्ने भन्दै निवेदन दिएका छन् । जसका कारण सुनुवाइ नियमित हुन सकेको छैन।

महान्यायाधिवक्ता बडालले इजलासप्रति आशंका रहेको भन्दै न्यायाधीशद्वय कार्की र भट्टराई बाहिरिनुपर्ने बताएका हुन् । उनले भने, ‘मेरो विनम्र आग्रह छ, दुईजना न्यायाधीश दीपक कुमार कार्की र आनन्दमोहन भट्टराई यो मुद्दाबाट अलग भइदिनुस् ।’

प्रधानन्यायाधीशले यसअघि गठन गरेको संवैधानिक इजलासका विषयमा विवाद भएपछि वरिष्ठताका आधारमा इजलास गठन गर्ने निर्णय गरेका थिए । जबराले आइतबार बिहान वरिष्ठताका आधारमा इजलास गठन गरेका हुन् । 

पुर्नगठित संवैधानिक इजासलमा वरिष्ठताको आधारमा न्यायाधीश तोकिएका छन्– प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरान्यायाधीश दीपककुमार कार्कीमीरा खड्काईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई छन् ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै