Thursday, June 17, 2021
युनिकोड

अज्ञात समूहकाे गोली प्रहारबाट मेडिकल संचालक घाइते

सिरहा – सिरहामा एक औषधि व्यवसायीमाथि गोली प्रहार भएको छ। मिर्चैया नगरपालिका-५ स्थित शिवजी मेडिकलका संचालक सोही ठाउँ बस्ने ४० वर्षीय राम सागर साफी शनिबार साँझ अपरिचित व्यक्तिको गोली प्रहारबाट घाइते भएका जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रहरीका अनुसार गोली प्रहारबाट घाइते भएका साफीको घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ। पसलमा बसिरहेको अवस्थामा शनिबार राति करिब ८ बजे अज्ञात समूहले साफीमाथि दुई राउण्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ।।

घटनामा संलग्न व्यक्तिहरुको खोजतलासको क्रममा सोही ठाउँ बस्ने शंकास्पद २ जनालाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै