Sunday, June 20, 2021
युनिकोड

काक्रोमा लाग्ने कीरा र रोगहरू जैवीक तरिकाबाट रोकथामका उपायहरू

काक्रो फर्सी समुहमा लाग्ने रोगहरू

क) फल कुहाउने औंसा(झिंगा)

नोक्सान गर्ने तरिका

पोथी झिंगाले आफ्नो फुल पार्ने अंगलाई कलिला फुल तथा फल भित्र छेडेर फुल पारिदिन्छ । पछि ति फुलबाट बच्चाहरु निस्केपछि फल भित्र बसेर फलका गुदी खान्छन् र पछि ति फल कुहिन थाल्छ ।

व्यवस्थापन गर्ने तरिका

  1. कुहिएको फूल तथा फललाई जम्मा गरि करीब १ हात गहिरो खाडल खनी माटोले पुरी दिने ।
  2. भाले झिंगा मार्नको लागि क्युलिएर वा व्याक्टोसेरा कम्पोजिट नामक पोथीको गन्ध आउने ल्युरको फेरोमन पासो थाप्ने ।
  3. एक लिटर पानीमा चिनी र मालथायन मिसाई झोल बनाउने र त्यसलाई बारीको ठाउँ ठाउँमा राखिदिने जसले गुलियो मन पराई खान्छ । अथवा पाकेको फर्सीको खाद्यल्यूर प्रयोग गर्दा राम्रो हुन्छ ।
  4. झिंगालाई मन नपर्ने गन्ध आउने जस्तै निम, सूर्ती वा अदुवाको रस छर्ने ।
  5. पाकेको फर्सी १०० ग्राम र साबुन पानी १०० मिलि मिसाई झिंगालाई आकर्षित पार्ने ।
  6. बाली लगाएकोबीच लाईनमा १५ से.मि. को फरकमा मकै लगाउने ।
  7. सधै जग्गाको तयारी गर्दा निम तथा अन्य पिना प्रयोग गर्ने ।
  8. सकेसम्म चाँडै पाक्ने जात वा कीराको आक्रमण सहन सक्ने जात लगाउने ।
  9. बाली भित्र्याई सकेपछि १ वा २ पटक लार्भा वा प्यूपा नष्ट गर्नको लागि खनजोत गर्नु पर्दछ ।

ख) रातो, निलो, कालो जस्तो गाढा निलो र खैरो खपटे कीराहरू

नोक्सान गर्ने तरिका

वयस्क खपटेले पात, लहरा तथा फूल खान्छ भने यसको लार्भाले जरा प्वाल पारी गुदी खाई दिन्छ । माटोमा छोएको फललाई लार्भाले प्वाल बनाई खान्छ र फल कुहिन्छ ।

व्यवस्थापन गर्ने तरिका

  1. यो खपटे विहान घाम नलागेसम्म उड्न नसक्ने हुँदा हातले टिपेर मार्न सकिन्छ ।
  2. बारीमा झारपात तथा गोडमेल गरी सफा राख्ने र बेलाबेलामा गोडमेल गर्ने ।
  3. निमजन्य विषादी (मार्गोसोम वा ओजोनिम) ५ एम.एल प्रति लिटर पानीमा मिसाई ७ दिनको फरकमा छर्ने ।
  4. घरेलु वनस्पती विषादी बनाई ७ दिनको फरकमा मुण्टा, पात र डाँठ भिज्ने गरी छर्ने ।
  5. दसकाभ्य बनाई १५ दिनको फरकमा मुण्टा, पात र डाँठ भिज्ने गरी छर्ने
  6. मिश्रित बाली अप्नाउने ।
  7. मेटाराइजियम जैविक विषादी १० ग्राम प्रति लिटर पानीमा मिसाई छर्ने ।
  8. छिटै बाली उत्पादन गर्न सक्नुपर्दछ ।
  9. सकेसम्म चाँडै पाक्ने जात वा कीराको आक्रमण सहन सक्ने जात लगाउने ।
  10. बाली भित्र्याई सकेपछि १ वा २ पटक लार्भा वा प्यूपा नष्ट गर्नको लागि खनजोत गर्नु पर्दछ ।

ग) थोप्ले खपटे कीरा

नोक्सान गर्ने तरिका

वयस्क खपटेले पात, लहरा तथा फूल खान्छ भने यसको लार्भाले जरा प्वाल पारी गुदी खाई दिन्छ । माटोमा छोएको फललाई लार्भाले प्वाल बनाई खान्छ र फल कुहिन्छ ।

व्यवस्थापन गर्ने तरिका

  1. यो खपटे विहान घाम नलागेसम्म उड्न नसक्ने हुँदा हातले टिपेर मार्न सकिन्छ ।
  2. बारीमा झारपात तथा गोडमेल गरी सफा राख्ने र बेलाबेलामा गोडमेल गर्ने ।
  3. निमजन्य विषादी (मार्गोसोम वा ओजोनिम) ५ एम.एल प्रति लिटर पानीमा मिसाई ७ दिनको फरकमा छर्ने ।
  4. घरेलु वनस्पती विषादी बनाई ७ दिनको फरकमा मुण्टा, पात र डाँठ भिज्ने गरी छर्ने ।
  5. दसकाभ्य बनाई १५ दिनको फरकमा मुण्टा, पात र डाँठ भिज्ने गरी छर्ने
  6. मिश्रित बाली अप्नाउने ।
  7. मेटाराइजियम जैविक विषादी १० ग्राम प्रति लिटर पानीमा मिसाई छर्ने ।
  8. छिटै बाली उत्पादन गर्न सक्नु पर्दछ ।
  9. सकेसम्म चाँडै पाक्ने जात वा कीराको आक्रमण सहन सक्ने जात लगाउने ।
  10. बाली भित्र्याई सकेपछि १ वा २ पटक लार्भा वा प्यूपा नष्ट गर्नको लागि खनजोत गर्नु पर्दछ ।

घ) सुलसुले

नोक्सान गर्ने तरिका

यी कीराहरूले मुनाका कलिला पातमा बसी रस चुस्दछन् र पातमा भाईरस लागे जस्तो गुजमुज्ज देखिन्छ ।

व्यवस्थापन गर्ने तरिका

१) सुलसुले रोकथाम गर्नको लागि निमजन्य विषादी ५ एम.एल प्रति लिटर पानीमा मिसाई छर्ने ।

ङ) लाही

नोक्सान गर्ने तरिका

यिनीहरुले समुहमा डाँठ, कलिला पात तथा मुनामा बसेर रस चुसेर नोक्सान गर्दछन् भने अर्को तर्फ भाईरस सार्ने काम पनि गर्दछ ।

व्यवस्थापन गर्ने तरिका

  1. एक भाग गाईको गहुँतमा ५ भाग पानी मिसाएर छर्ने ।
  2. निमजन्य विषादीको प्रयोग गर्ने ।
  3. घरेलु वनस्पती विषादी बनाई ७ दिनको फरकमा मुण्टा, पात र डाँठ भिज्ने गरी छर्ने ।
  4. दसकाभ्य बनाई १५ दिनको फरकमा मुण्टा, पात र डाँठ भिज्ने गरी छर्ने ।
  5. बोझोको धुलो पानीमा राम्रोसँग घोलेर छरेमा लाही कीराको रोकथाम गर्न सकिन्छ ।
  6. सिस्नु र तितेपाती गाईको मूत्रलाई पानीमा राम्रोसंग घोलेर ७ दिनको फरकमा छर्ने ।
  7. एग्री शक्ति ५ मिलि एक लिटर पानीमा मिसाएर र त्यसमा ८० ग्राम सख्खर घोलेर ५, ६ घण्टासम्म छायाँमा राख्ने र पछि १५ लिटर पानीमा मिसाएर साँझ छर्ने ।
  8. वियुभेरीया वेसियाना जरा भिज्ने गरी जरामा राम्रोसंग छर्ने ।
  9. तोरी जातको बाली लगाउने, सिफारिस मात्रामा मलखादको प्रयोग गर्ने र खेतबारीको सरसफाईमा ध्यान दिने।


काक्रो फर्सी समुहमा लाग्ने रोगहरू


क) शिते ढुसी (Downey mildew)

नोक्सान गर्ने तरिका

पातको माथिल्लो सतहमा विभिन्न आकारका फिका पहेंलो थोप्ला देखिन्छन् र पछि ति थोप्लाहरू ठूलो भई पुरै पात पहेंलो देखिन्छ र पुरा पात डढ्छ । त्यस्ता पातको तल्लो सतहमा प्याजी प्याजी रङ्गको ढुसी देखिन्छ ।


व्यवस्थापन गर्ने तरिका

  1. बीउलाई तातो पानीमा उपाचार गर्ने
  2. रोगी ठाउँको वेर्ना प्रयोग नगर्ने ।
  3. माटोको पि.एच. ६.५ देखि ७.२ सम्म पुर्याउने ।
  4. बालीका ठुटा कुहिनु भन्दा अगाडि नै उखेलेर नष्ट गर्ने ।
  5. बालीचक्र अप्नाउने ।
  6. पानीको निकास राम्रो हुनु पर्दछ वा सतह सिंचाई गर्ने र बोटहरु पनि काँटछाँट गर्ने ।
  7. सोडोमोनास प्mलोरेसेन्स वा वेसिलस सवटाइलिस विरुवाको सबै भाग राम्रोसंग भिज्ने गरी साँझमा छर्ने ।
  8. गोबर र कम्पोष्ट वा गड्यौले मल पातलो गरेर पानीसंग घोलेर त्यसलाई छानी विरुवाहरुमा छर्ने ।
  9. पञ्चकाभ्य वा दसकाभ्य बनाई मुण्टा, पात र डाँठ भिज्ने गरी छर्ने ।
  10. फ्यूजारियम प्रोलिफेरेटम ०.६ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्ने ।
  11. ट्राइकोडर्मा भिरिडी जस्तै बायोसाइड त्रिभि वा संजिवनी वा निप्रोटले नर्सरी व्याड, बीउ र माटो उपचार गर्दा रोगको लागि धेरै राम्रो हुन्छ ।


ख) खराने रोग

नोक्सान गर्ने तरिका

पातको सतहमा खरानी सेतो रंगको ढुसीहरू प्रशस्त देखिन्छ । रोगको प्रकोप भएमा सबै बोटको पातमा पुरै सेतै देख्न सकिन्छ ।

व्यवस्थापन गर्ने तरिका

१) बीउलाई तातो पानीमा उपाचार गर्ने
२) सकेसम्म घाम लाग्ने ठाउँमा लहरे बाली अन्तरगतको खेती गर्नु पर्दछ ।
३) सिफारिस गरे अनुसारको मलखाद प्रयोग गर्नु पर्दछ ।
४) बुढा पातहरुमा पहिला देखिने हुँदा रोग लागेका पातहरू टिपी गहिरो खाल्डोमा पुर्ने ।
५) रोग लागेको शुरु अवस्थामा गाईको गहुँत एक भागमा दश भाग पानी मिसाएर पात राम्रोसँग भिज्ने गरी छरेमा पनि यो रोगको रोकथाम गर्न सकिन्छ ।
६) एक लिटर पानीमा २० मिलि काँचो गाईको दुध घोलेर सबै बोट भिज्ने गरी छर्ने ।
७) गोबर र कम्पोष्ट वा गड्यौले मल पातलो गरेर पानीसँग घोलेर त्यसलाई छानी विरुवाहरुमा छर्ने ।
८) ट्राइकोडर्मा भिरिडी जस्तै बायोसाइड त्रिभि वा संजिवनी वा निप्रोटले नर्सरी व्याड, बीउ र माटो उपचार गर्दा रोगको लागि धेरै राम्रो हुन्छ ।

ग) एन्थ्राकनोज

नोक्सान गर्ने तरिका

फल, डाँठ, भेट्नो र अन्य ठाउँहरूमा शुरुमा थोप्लाहरु सासाना र हल्का खैरा रङ्गका हुन्छन् । पछि ओसीलो मौसममा थोप्लाहरू गढा र खैरा हुन्छन् । यिनीहरुमा गाढा खैरो र बीचका भाग कालो र खाल्डो परेको जस्तो भित्र घुसेको, किनारा तिर खरानी रङ्गको हल्का खैरो, चारै तिर घेरा परेको गोलो थोप्लाहरू बढ्छन् ।

खासगरी फल हरियो वा पाक्ने अवस्थामा गोलो आकारको र दब्बिएको दाग जुन कालोले घेरिएको रिङ्ग जस्तो देखिन्छ । संक्रमित हरियो वा पाकेको काँक्रो परालको रङ्गबाट साधारण रातो संगसंगै धेरै कालो दागहरु देखिन्छ र खरानी जस्तो पनि देखिन्छ ।

व्यवस्थापन गर्ने तरिका

  1. निरोगी वा स्वस्थ बीउ रोप्नु पर्दछ । त्यसको लागि बजारमा किन्दा रोगमुक्त वा रोगअवरोधक प्रमाणित गरेको, मिति ननाघेको र मौसम अनुसार जात छनौट गरेर बीउ किन्नु पर्दछ ।
  2. बोट विरुवाका ठुटा वा अवशेषहरु कि त खाडल खनेर पुर्ने वा गोलभेडा तथा खुर्सानी जातका बाली नलगाउने जग्गामा जलाई दिने ।
  3. कम्तीमा २–३ बर्षसम्म घुम्ती बाली लगाउनु पर्दछ जसमा गोलभेडा तथा खुर्सानी जातका बालीहरु मध्ये कुनै एक बाली फरक फरक समयमा लगाउनु हँुदैन ।
  4. सापेक्षित आद्रता कम गर्नको लागि बेला बेलामा झारपात उखेली खेतबारीलाई सफा राख्नु पर्दछ र माटोलाई बढि चिसो पारी राख्नु हँुदैन ।
  5. शित र बढि बर्षात भई रहेको बेला खुर्सानी बाली भित्र हिंड्नु हुँदैन, यदि गएमा बीजाणुहरु छरिएर फैलिन थाल्दछ ।
  6. विरुवाहरु बाक्लो गरेर रोप्नु हँुदैन जसलेगर्दा बाली भित्र प्रशस्त मात्रामा हावा खेल्न पाउँदछ ।
  7. बाली भित्र रोग लागेका बोट विरुवाहरुलाई उखेली नष्ट गरी दिनु पर्दछ ।
  8. गोबर र कम्पोष्ट वा गड्यौले मल पातलो गरेर पानीसँग घोलेर त्यसलाई छानी विरुवाहरुमा छर्ने ।
  9. पञ्चकाभ्य वा दसकाभ्य बनाई मुण्टा, पात र डाँठ भिज्ने गरी छर्ने ।
  10. ट्राइकोडर्मा भिरिडी जस्तै बायोसाइड त्रिभि वा संजिवनी वा निप्रोटले नर्सरी व्याड, बीउ र माटो उपचार गर्दा रोगको लागि धेरै राम्रो हुन्छ ।

घ) फ्यूजारियम ओईल्याउने रोग


नोक्सान गर्ने तरिका

पात पहेंलो भएर ओईलिन्छ र पछि बोट ओईल्याएर मर्दछ र जराको भित्री भागको तन्तु खैरो देखिन्छ तर असर पारेको देखिदैन ।

व्यवस्थापन गर्ने तरिका

  1. रोग लागेको ठाउँको बेर्ना प्रयोग नगर्ने ।
  2. रोगी बोटलाई उखेलेर नष्ट गर्ने
  3. पानी जम्न नदिन अग्लो ड्याङ् बनाई विरुवा सार्ने ।
  4. म्ती बाली लगाउने ।
  5. रोग सहन सक्ने जात जस्तै एन १६२, सृजना तथा एच.आर.डी. जातको लगाउने ।
  6. प्रिभेन्टल एक ग्राम प्रति एक लिटर पानीमा मिसाई छर्ने ।
  7. गर्ड ५ मिलि एक लिटर पानीमा मिसाएर र त्यसमा ८० ग्राम सख्खर घोलेर ५, ६ घण्टासम्म छायाँमा राख्ने र पछि १५ लिटर पानीमा मिसाएर साँझमा ५० देखि १०० मिलि विरुवाको फेदमा हाल्ने ।
  8. पञ्चकाभ्य वा दसकाभ्य बनाई मुण्टा, पात र डाँठ भिज्ने गरी छर्ने ।
  9. ट्राइकोडर्मा भिरिडी जस्तै बायोसाइड त्रिभि वा संजिवनी वा निप्रोटले नर्सरी व्याड, बीउ र माटो उपचार गर्दा रोगको लागि धेरै राम्रो हुन्छ ।
  10. नर्सरी राख्नको लागि पहिला माटोको निर्मलीकरण गर्नु पर्दछ ।
  11. सधैं एउटै बाली नलगाई बाली चक्र अप्नाउने ।
  12. बालीको हेरचाहा राम्ररी गरी स्वस्थ बाली उत्पादन गनुपर्दछ खासगरी मल र सिंचाईमा बढि ध्यान दिनु पर्दछ ।


ङ) जीवाणुबाट हुने पात थोप्ले रोग


नोक्सान गर्ने तरिका

पातहरुमा देखिने थोप्लाहरु गोलो देखि लिएर अनियमित आकारका दागहरु देखिन्छ । पछि पातहरु पहेंलोमा परिणत भएर झर्दछ ।

व्यवस्थापन गर्ने तरिका

१) रोगी पात तथा फलहरुलाई जम्मा गरी जलाउने ।
२) विरुवाहरु बाक्लो नरोप्ने ।
३) नराम्रो विरुवाहरू हटाउने ।
४) विरुवाको काँटछाँट गर्ने ।
५) सोडोमोनास प्mलोरेसेन्स (पि सुरक्षा) वा वेसिलस सवटाइलिस (दमन विएस) विरुवाको सबै भाग राम्रोसंग भिज्ने गरी साँझमा छर्ने ।
६) गोबर र कम्पोष्ट वा गड्यौले मल पातलो गरेर पानीसंग घोलेर त्यसलाई छानी विरुवाहरुमा छर्ने
७) पञ्चकाभ्य वा दसकाभ्य बनाई मुण्टा, पात र डाँठ भिज्ने गरी छर्ने ।
८) ट्राइकोडर्मा भिरिडी जस्तै बायोसाइड त्रिभि वा संजिवनी वा निप्रोटले नर्सरी व्याड, बीउ र माटो उपचार गर्दा रोगको लागि धेरै राम्रो हुन्छ ।
९) बेर्ना उत्पादन गर्नु भन्दा अगाडी नर्सरीको माटो निर्मलीकरण गर्ने ।
१०) पानी जम्न नदिनको लागि ड्याङ्ग मा मात्र बेर्ना रोप्ने ।


च) मोजाईक भाईरस

१ नोक्सान गर्ने तरिका

कलिलो मुनाहरूको साना साना पात गुजमुज्ज देखिन्छ ।


व्यवस्थापन गर्ने तरिका

  • रोगअवरोधक जातहरुको बीउ प्रयोग गर्ने ।
  • चुसाहा कीराले (लाही, सेतो झिंगा) सार्ने भएको हुँदा यिनीहरुको अवलोकन गरी रोकथाम गर्नको लागि गहुँत एक भागमा पाँच भाग पानी मिसाएर छर्ने वा निमजन्य विषादी ५ एम एल एक लिटर पानीमा मिसाएर छर्ने ।
  • भिरकोन एच (जैविक विषादी) ५ मि लि एक लिटर पानीमा मिसाएर छर्ने । अथवा
  • भिक्टो भाइरस (जैविक विषादी) ३ मि.लि. प्रति लिटर पानीमा मिसाएर व्याड र विरुवा रोपेको २०, ४० र ६० दिन पछि सम्पूर्ण बोट भिज्ने गरी छर्ने ।
  • गोबर र कम्पोष्ट वा गड्यौले मल पातलो गरेर पानीसंग घोलेर त्यसलाई छानी विरुवाहरुमा छर्ने ।
  • ट्राइकोडर्मा भिरिडी जस्तै बायोसाइड त्रिभि वा संजिवनी वा निप्रोटले नर्सरी व्याड, बीउ र माटो उपचार गर्दा रोगको लागि धेरै राम्रो हुन्छ ।
  • रोगी बोटहरु उखेलेर जलाउने ।
  • बेर्ना उत्पादनको लागि नाईलनको जाली प्रयोग गर्ने ।
  • बालीका अवशेषहरु पूर्णरुपमा नष्ट गर्ने ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै