Monday, June 21, 2021
युनिकोड

संवैधानिक इजलास पुर्नगठन, बरियताका कार्की र श्रेष्ठ परेनन्

काठमाडौं –  प्रतिनिधिसभा विरुद्ध परेका रिटमाथि सुनुवाइकालागि संवैधानिक इजलास पुर्नगठन भएको छ ।

पुर्नगठित संवैधानिक इजासलमा वरिष्ठताको आधारमा न्यायाधीश तोकिएका छन्– प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरान्यायाधीश दीपककुमार कार्कीमीरा खड्काईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई छन् ।

यस अघिको इजलासमा दुई जना न्यायाधीश माथि प्रश्न उठेपछि ईजलास विवादमा आएको थियोे ।  यसअघि गत पुस ५ गतेको प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धा सुनुवाइका लागि गठित इजलासमा न्यायाधीश हरिकृष्ण कार्कीमाथि प्रश्न उठेको थियो । विगतमा कार्की महान्यायाधिवक्ता रहेका कारण प्रधानमन्त्रीविपक्षी रहेको मुद्दामा स्वार्थ बाझिने भन्दै रिट निवेदकपक्षका कानुनव्यावासायीले प्रश्न उठाएपछि उनले इजलास छाडेका थिए ।

प्रधानन्यायाधीश जबरापछि वरिष्ठताको क्रममा चौथो नम्बरमा रहेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ परिवारमा कोरोना संक्रमित रहेकाले आइसोलेसनमा बस्नु परेकाकारण श्रेष्ठ इजालसमा नपरेको सर्वोच्चअदालतले बताएको छ ।

यसरी कार्की नपरेपछि खतिवडा र श्रेष्ठ नपरेपछि भट्टराई संवैधानिक इजालसमा परेका हुन् ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै