Sunday, June 20, 2021
युनिकोड

“सफा हिमाल अभियान–२०२१” औपचारिक रुपमा सम्पन्न

काठमाडैं – “सफा हिमाल अभियान–२०२१” औपचारिक रुपमा सम्पन्न भएकाे छ । नेपाल सरकारको कार्यक्रम अन्तर्गत नेपाली सेनाको अगुवाइमा संचालित “सफा हिमाल अभियान २०२१” कार्यक्रमको शनिबार प्रबन्धरथी उपरथी गोकुल भण्डारीको प्रमुख आतिथ्यतामा जङ्गी अड्डामा आयोजित एक समारोहका बीच भर्चुअल माध्यमबाट समापन भएको एक विज्ञप्ति जारी गर्दै नेपाली सेनाले जनाएको छ ।

सगरमाथा, ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लम गरी विभिन्न ६ वटा हिमालहरुको सफाई गर्ने उद्देश्यका साथ मिति २०७७ चैत्र ३१ गतेबाट ज्येष्ठ १५ गतेसम्म संचालित उक्त अभियानबाट २७,६७१ के.जी. फोहोर संकलन गर्न सफल भएकोमा कुहिने २,५०५ के.जी. फोहोर स्थानीय निकाय / समिति तथा नकुहिने फोहोर २५,१६६ के.जी. रिसाइक्लिङ एजेन्सी लाई विभिन्न मितिहरुमा हस्तान्तरण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

साथै, उक्त अभियानको दौरान धवलागिरि हिमालको आधार शिविरमा २ वटा र सगरमाथा हिमालको क्याम्प ४ (८,००० मि) मा २ गरी जम्मा ४ वटा शव फेला परेकोमा उक्त शवहरुको उचित व्यवस्थापनको लागि सम्बन्धित अधिकारीहरुलाई बुझाइएको थियो ।

कोभिड-१९ महामारीको कारण सिमित व्यक्तित्वहरुको भौतिक उपस्थिति तथा अन्य सरोकारवालाहरुको Virtual सहभागितामा संचालित उक्त समारोहमा सफा हिमाल अभियानका निर्देशक तथा नेपाली सेनाको राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले स्वागत मन्तव्य राख्दै कोभिड-१९ महामारीसँगै Tauktae तथा Yass Cyclones हरु समेतको प्रतिकुल एवं जोखिमपूर्ण परिस्थितिको दौरान समेत उक्त अभियानलाई निरन्तरता दिई समय योजना अनुसार नै लक्ष्य अनुरुपको नतिजा प्राप्त गर्न सफल भएकोमा अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागिहरुको उच्च प्रशंसा एवं बधाई दिदै सहयोगी संस्थाहरु प्रति आभार व्यक्त गरेका थिए।

याे पनि पढ्नुहाेस् >> हिमाल सफाइ अभियान टोली आमादब्लम हिमालको चुचुरामा

नेपाली सेनाले यस किसिमको अभियानले विश्वव्यापी चुनौतीको रुपमा रहेको वातावरणीय प्रदुषण तथा Global Warming को असरलाई कम गर्न धेरै हदसम्म सहयोग पुर्‍याउने तथा कोभिड-१९ को कारण शिथिल बनेको नेपालको पर्यटन व्यवसायमा सकारात्मक उर्जाको सञ्चार हुने विश्‍वास लिएको  जनाएकाे  छ ।

याे पनि पढ्नुहाेस् >> सफा हिमाल अभियान २०२१ बाट पाँच क्विन्टल फोहोर संकलन

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै