Sunday, June 20, 2021
युनिकोड

अस्ट्रेलियाले प्रदान गरेको स्वास्थ्य सामाग्री नेपाल आइपुग्यो

काठमाडौं – नेपाललाई अष्ट्रेलियाले सहयोग स्वरूप प्रदान गरेको कोभिड– १९ माहामारी विरुद्द अग्रपङ्क्तिमा कार्यरत ब्यक्तिहरुलाई अत्यावस्यक पर्ने स्वास्थ्य सामाग्रीहरु नेपाल आइपुगेको छ ।

अष्ट्रेलियाली वायुसेनाको विमानबाट ल्याइएको उक्त सामग्री शनिबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेको हो । सो सामाग्रीहरु नेपालका लागि अष्ट्रेलियली राजदुत फेलीसीटी वोल्कले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा लाई हस्तान्तरण गरेकी हुन् ।

उक्त सामाग्रीहरु हस्तान्तरण गर्दै राजदुत वोल्कले दक्षिण एसियाका मित्रहरुलाई सहयोग गर्ने अष्ट्रेलियाको क्षेत्रिय कार्य स्वरुप श्रीलंका, भारत र नेपालमा उक्त स्वास्थ्य सामाग्री ल्याईएको बताइन।

नेपाली सेनाले अग्रपङ्क्तिमा रहेर देशभर समुदायमा पुर्याएको महत्वपूर्ण स्वास्थ्य सेवाको सरहना गर्दै यस कार्यलाई थप सहयोग गर्न अस्पताल, आईसोलेसन केन्द्रहरु र शव ब्यवस्थापन स्थलहरुमा प्रयोग गर्न उक्त सामाग्रीहरु प्रदान गरिएको उनले बताइन ।

शनिबार ल्याईएका १८ लाख अष्ट्रेलियाली डलर मूल्यका सामाग्रीहरु नेपाली सेनाको अनुरोध अनुरुप वेस्टर्न अष्ट्रेलिया सरकारले प्रदान गरेको सर्जीकल मास्क, फेश शील्ड र पञ्जाहरु रहेका छन् ।

यो सहयोग नेपालमा कार्यरत गैह्रसरकारी संस्थाहरु मार्फत अस्पतालहरुका लागि अक्सिजन र स्वास्थ्य सामाग्री र स्वास्थ्यकर्मीहरु लाई प्रदान गरिने तालीमका लागि गत मे २१ मा घोषित ७० लाख अष्ट्रेलियाली डलर बाहेकको थप सहयोग हो ।

अष्ट्रेलियाली सरकारले कोभ्याक्सको माध्यमबाट नेपाललाई कोभिड(१९ बिरुद्दको सुरक्षित र प्रभावकारी खोप ब्यवस्थापन गर्न सहयोग जारी रहेको छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै