गृहपृष्ठ समाचार लागुऔषधसहित पाँच पक्राउ

लागुऔषधसहित पाँच पक्राउ

प्रकाशित मिति:

कञ्चनपुर– लागुऔषधसहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शनिबार पाँच जनालाई पक्राउ गरेको छ । विशेष सूचनाअनुसार प्रहरीले दोधारा चाँदनी नगरपालिका–१ पक्की पुलस्थित भारतको उत्तराखण्ड राज्यको जिल्ला चम्फावत ग्राम भजनपुर बस्ने २१ वर्षीय अमन चन्दलाई ११ दशमलव ८७ ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको हो ।

चन्दले चढेको भारतीय युके०६एइ९७५८ नं को मोटरसाइकलसमेत बरामद गरेको छ । यसैगरी दोधारा चाँदनी नगरपालिका–६ बस्ने १८ वर्षीय आदीप मगर र सोही ठाउँ बस्ने १८ वर्षीय सार्थक शर्मालाई ६० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताएका छन् ।

यो पनि पढ्नुहोस्>>बालिका बलात्कारको अभियोगमा सौतेलो बुबा पक्राउ

दुवै जनाले प्रयोग गरेको सुप प्रदेश०२००३प ३८०० नं को मोटरसाइकलसमेत बरामद गरिएको छ । पुनर्वास नगरपालिका–६ ‘ङ’ गाउँ बस्ने २३ वर्षीय मनोज सुनार र कैलालीको गोदावरी नगरपालिका–४ बस्ने २३ वर्षीय तेज विकलाई लागुऔषध नेट्राभेट ३४ ट्याबलेट र स्पामोबोकाप्लस १८ ट्याबलेटसहित सीमा क्षेत्रबाट पक्राउ गरिएको छ । रासस

सम्बन्धित् समाचार