Monday, June 21, 2021
युनिकोड

चौतर्फी आलोचना पछि महतोको स्पष्टीकरण , ‘म राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण प्रतिवद्ध रहेको छु’

काठमाडौं – उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले आफूले दिएको बहुल राष्ट्रिय राज्यका लागि अभियान चलाउने अभिव्यक्तिलाई सच्याउने प्रयास गरेकाछन्।

उनको चौतर्फी आलोचना भएसँगै शनिबार राती विज्ञप्ति जारी गर्दै राष्ट्रिय एकता र अखण्डताप्रति आफू पूर्ण प्रतिवद्ध रहेको बताएका छन् ।

मन्त्री महतोले प्रेस विज्ञप्तिमा आफ्ना भनाइ बङ्ग्याएर र गलत अर्थ लाग्ने गरी प्रचारप्रसार भएकोमा ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।

महतोले संविधानमा आफूहरूका असंतुष्टी रहेकोले संशोधनका लागि कार्यदलमा आफ्ना धारणा राख्ने पनि बताएका छन्।

‘म राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण प्रतिवद्ध रहेको छु। यसबारेमा कसैलाई अन्यथा भ्रम नरहोस् भन्ने म प्रष्ट पार्न चाहन्छु,’ उनले भनेका छन्।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै