Thursday, June 17, 2021
युनिकोड

सवारी दुर्घटनामा परी मृत्यु

धनुषा – गणेशमानचारनाथ नगरपालिका-७ पर्ताहास्थित सडकछेउमा रोकी राखेको ना.४ त १६८२ नम्बरको ट्याक्टरमा रा.६ प २८३२ नम्बरको मोटरसाइकल ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक दाङ घर भएका२४ वर्षीय नरेन्द्र गिरीको मृत्यु भएको छ ।

मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका जवानको मृत्यु

दुर्घटनामा गम्भीर घाइते भएका उनको फुलकुमारी मेमोरियल अस्पतालकर्जना सिरहामा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार तनहुँ घर भएका २४ वर्षीय जिवन तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ ।

एम्बुलेन्स दुर्घटना हुँदा १ जनाको मृत्यु, २ जना घाइते

दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेका छन् भने ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै