Thursday, June 17, 2021
युनिकोड

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

काठमाडौं – काठमाडौं महानगरपालिका-२२ पाको न्यूरोड बस्ने अजय श्रेष्ठको कोठामा जुवातास खेलिरहेको अवस्थामा कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने ४९ वर्षीय विनोद कार्की सहित १५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

यो पनि>>निशेषधाज्ञाको मौका छोपेर जुवातास खेल्ने पाँच जुवाडे पक्राउ

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त जनसेवा र महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १३ लाख ४३ हजार रुपैयाँ, ३२ थान कौडा र ५ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । प्रहरीले नियन्त्रणमा लिने क्रममा भाग्न खोज्दा घाइते भएका १ जनाको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ ।

यो पनि>>ललितपुरको महालक्ष्मीबाट साढे ११ लाखसहित १८ जुवाडे पक्राउ

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि>>नेपालगञ्जमा २९ लाख रुपैयाँसहित १० जना जुवाडे पक्राउ

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै