गृहपृष्ठ राजनीति उपप्रधानमन्त्री महतोको अभिव्यक्ति विरूद्ध सडकमा पुत्ला दहन

उपप्रधानमन्त्री महतोको अभिव्यक्ति विरूद्ध सडकमा पुत्ला दहन

प्रकाशित मिति:


काठमाडौं – शुक्रबार मात्र नियुक्त भएका उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिलाई लिएर विरोध शुरु भएको छ ।

महतोले ‘बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन’ आफूले अहिले पनि सञ्चालन गरिरहेको भनी दिएको अभिव्यक्ति विरुद्ध उनको पुत्ला जलाइएको हो।

काठमाडौंको बानेश्वरमा उनको पुत्ला जलाइएको छ ।
महतोको पुत्ला जलाउनेले क्रममा सत्तारुढ एमाले निकट अनेरास्ववियुको अध्यक्ष सुदेश पराजुली, महासचिव आरती लामासहित एक दर्जन विद्यार्थीहरु पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा सचिब टपेन्द्र शाही र मेधनाथ चापागाईं पनि छन् ।

नेताहरु हर्क बम, महेश श्रेष्ठ, अशोक थापा, लक्ष्मी क्षत्री, आकाश खनाल, अमर पुन, मानबहादुर बुढा पनि पक्राउ परेको नेता अशोक थापाले जानकारी दिए । सो क्रममा प्रहरी र विद्यार्थीबीच भएको झडपको क्रममा अध्यक्ष पराजुली घाइते भएका छन् । उनीहरुलाई प्रदर्शनी मार्गस्थित महेन्द्र पुलिस क्लब लगिएको छ । संविधान विरोध अभिव्यक्ति दिएको भन्दै महतोको चौतर्फी विरोध भइरहेको छ ।

सम्बन्धित् समाचार