Sunday, June 20, 2021
युनिकोड

संविधानमा टेकेर सपथ खाएर बहुराष्ट्र र बहुराज्यको अभिव्यक्ति ? : नेता गौतम

काठमाडौं – नेकपा एमालेका नेता बामदेव गौतमले उपधानमन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिले दुखित बनाएको बताएका छन्।

‘ उपप्रधानमन्त्री एवं जसपाका नेता र
महतोले संविधानको मर्म विपरित कार्य गर्नेछैन भनि सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि संचालन गरिरहेको अन्तरवार्ता सुन्दा म अत्यन्त दुखी भएको छु ।’ उनले भनेकाछन् ।

महतोको अभिव्यक्तिलाई विखण्डनको अभिव्यक्ति भन्दै उनले यो कुरा देशभक्त नेपालीलाई स्वीकार्य नहुने उल्लेख गरेकाछन् ।

‘ नेपालको संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौं विशेषता सहितको राष्ट्र हो । त्यस्तै संविधानको धारा ४ मा स्पष्ट भनिएको छ अनेकौं विशेषता सहित नेपाल राज्य हो ।’ उनले भनेकाछन्, ‘ यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो । राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन । नेपाललाई बिघटन गर्ने आन्दोलनलाई कुनै पति देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन ।’

महतोको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिने भन्दै प्रधानमन्त्री ओलीले महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको गौतमले उल्लेख गरेकाछन्।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै