Sunday, June 20, 2021
युनिकोड

उमा सिजापतीका दुई लघुकथा

छल

माछा खाने भए लिन आउनु है । बजारको भन्दा सस्तो पनि रहेछ।”

पल्लो घरको काकाले बाटोबाट सबैलाई कराउँदै भन्नुभयो। गाउँमा घर पातलै भए पनि आफ्नो दुरी कायम राख्दै जम्मा भयौ।

मैले माछा बेच्ने भाईलाई सोधे,” कहाँ बाट ल्याएको भाइ?” ” दिदी,बजारमा अडर थियो।जाँदै गर्दा पुलिसले समाउन खोज्यो।भागेर यता आईपुग्यौ।हामी त्यही पर को गाउँ बाट आएका हौ?” धिमाल भाईले सोधे,” कस्को छोरा हौ त?” एउटाले भन्यो,मान बहादुरको छोराहरु हौ।” कान्छा काकाले खुसी हुँदै सबैलाई भन्नू भयो।” लौ मान बहादुर त चिनजान कै हुन्।

मनोज भाईले फेरि भने,” लु अब त सबैले किनीदिनु पर्छ।पोखरी खन्दा ऋण गरेर खनेको हो। हाम्रो सानो सहयोगले केही हद सम्म राहत मिल्ने छ।” मैले पनि थपे,” हो त! सबैले किनिदिनु पर्छ।

किसानको मार्का किसानले बुझिदिदा पनि केही त हुन्छ।” सबैले किन्यौ।

साईला भाइ मकै गोड्न गएको थियो।मैले काकासग भने,साईलालाई पनि राखिदिनु पर्ला।” ” कान्छी त्यो केटा मासुमङ्स भने पछि हुरुक्क गर्छ।मैले त अघि नै त्यसको लागि राखिदि सके।अब तिमीहरुले लैजाउ।”

एक किलो र आधा किलोको पोका थियो।सबैले आफ्नो परिवार अनुसार लगे।गाउँमा सबै जना आफ्नो,आफ्नो काममा ब्यस्त थिए।

ब्यपारी नि फर्कियो।एक घण्टा पछि सबैको आराम गर्ने बेला भयो।सबैले माछा केलाउन थाले।साईलो उफ्रनु थाल्यो,” मोराहरुले छल गरेर माछा बेचेछ ।काका कहाँको हो?” मेरोमा पनि कुहिएको रहेछ।प्लास्टिक भित्र थियो।बाहिरबाट हेर्दा राम्रै देखिन्थ्यो।के थाहा,यस्तो छ भनेर।

फेरि पल्लो गाउँको मान बहादुरका छोराहरु भने।विश्वास नगर्ने कुरै भएन।” ” जे सुकै भन्नू काका म त माछा लिएर गए।खेतालाबाट कमाएको पैसा कुहिएको माछामा साट्न सक्दिन।”

जोसिदै साईकल टिपेर हिड्यो।नजिकै भने पनि चार किमी दुरीमा पुग्नु थियो।सोध्दै गयो।मान बहादुर भनेको को हो?

छोराहरु पनि निस्किनु पर्यो भन्दै अागनमा गएर करायो।मान बहादुर निस्किर सोधे,किन भाइ के भयो? अगाडि माछा फुत्त राखिदिदै भन्यो,” यस्तो कुहिएको माछा अाफै राख।खुरुक्क पैसा देउ।” मान बहादुरले अाफ्नो सुकेको पोखरी देखाउदै भन्यो, हेर भाइ मेरा त छोराहरु नै छैनन्। फागुनमा माछा निकालेर बेचे।अहिले राख्न सकेकै छुईन।”


किसानको सत्रु

वर्षा सुरु भै सक्यो। किसानहरु मंसिरे धानको बीउ छर्न तयार हुँदै गरेको देखिन्थे। यही बेला सर्प,भ्यागुता,लाटकोसेरो र मुसाको जमघट भयो। सुरुमा गोमन सर्पले टाउँको फुलाएर फ्वा गर्दै भन्यो,” हेर म किसानको मात्र नभएर सारा मानव जातीको उपकारी र गुणी हुँ।

जसले वातावरण स्वच्छ बनाई दिन्छु।” भ्यागुताले सर्पको कुरा सुनेर घाँटी घोक्राउँदै भन्यो,” त्यही भएर पो तिम्रो बा लाई लखेटी,लखेटी घोचेर मारेका थिए।तिमीले बिर्सियौ?” सर्प चुप भयो।

भ्यागुताले आँफू ठूलो बन्नको लागि धाक दिदै भन्यो, किसानको खेतका गरामा जब पानी टम्म भरिएको हुन्छ।म ट्वार,ट्वार गर्दै मीठो धुन दिन्छु।त्यो बेला आनन्दले प्रफुल्ल बन्छन्।”

लाटकोसेरोलाई चित्त बुझेन र भन्यो,” भाइ तिम्रो जातको ठूलो पाहा मारेको यी रातमा देख्ने आँखाले गल्ती पक्कै देखेन। यदी तिमीहरुलाई गुणी देखेको भए मार्ने थिए त?”

अब भ्यागुता पनि चुप भयो।लाटकोसेरोले आँखा चम्काउँदै भन्यो, मलाई त किसानले परम मित्र ठान्छन् नि! मुसोलाई खाई दिनाले किसानको अन्न जोगिन्छ।ठीक भनिन त मुसा भाइ?” मुसो फिस्स हाँसेर दुलोबाट अलिकति मुन्टो निकालेर भन्यो,”लाटकोसेरो दाइ धन्न तिमी राती मात्र आउँछौ र बचेकाो छौ।दिनमा आउँने भए नसे बुढोले ग्याटिसले हाँनेर मुटु,कलेजो केलाई सक्ने थियो।

यहाँ मान्छेले मान्छेलाई मार्न थालिसक्यो।” लाटकोसेरोलाई मुसोको कुरा सारै चित्त बुझ्यो। ” मुसा भाइ ठीक कुरा गर्यौ।तर तिमीलाई त किसानले साह्रै ठूलो सत्रु नै ठानेका छन् है।” ” हो त। हाम्रो अस्तिव कायम राख्नको लागि अलिअलि अन्न त ओसारेकै हो ।हैन भन्दिन ।

तर किसानलाई बीउ,मल महंगोमा बेचेर पछि अन्न,बाली सस्तोमा उठाउँने हरु पनि त छन्। कति ठगिएका छन्।

त्यो बारेमा सचेत कहिले बन्न सके?

लु भन्नू होस् त किसानहरुको ठूलो सत्रु हामी मुसा जाती हौ कि को हुन्?”

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै