Thursday, June 17, 2021
युनिकोड

चुरे ध्वस्त गर्ने ढुंगा गिट्टी निकासीको निर्णय नसच्याए सत्याग्रह

बुटवल- मानव अधिकार तथा शान्ति समाजले सरकारद्वारा चुरे ध्वस्त गर्ने गरी ढुंगा गिट्टी निकासीको निर्णय नसच्याए शान्ति समाजले सत्याग्रह आन्दोलन प्रारम्भ गर्ने बताएको छ।

विश्व वातावरण दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै समाजका सभापति गोविन्द खनालले चुरे ध्वस्त गर्ने गरी ढुंगा गिट्टी निकासीको निर्णय सच्याउन आग्रह गरे ।

उनले मानव अधिकार तथा शान्ति समाजले जीवनचक्र परिस्थिति सन्तुलननमा जोड दिँदै हिमालय बचाउ आन्दोलन सञ्चालन गरिरहेको बताए ।

वातावरण विनास गर्ने सरकारको नीतिले दक्षिणको मैदानी इलाका मरुभूमिकरण हुने खतरा रहेको भन्दै सभापति खनालले सरकारको यो आत्मघाती कदमलाई वातावरण प्रतिगमनको संज्ञा दिए । 

मानव अधिकार तथा शान्ति समाजद्वारा रुपन्देहीमा बृक्षारोपण गरिएको छ । विश्व वातावरण दिवसको अवसरमा वुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) को परिसरमा १ सय बिरुवाहरु रोपिएको हो ।

अस्पताल परिसरमा आँप, रुद्राक्ष, अमला, बेल, धुपिसल्लो, कल्पिफूल लगायत प्रजातीका बिरुवा रोपिएको थियो ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै