Sunday, June 20, 2021
युनिकोड

परराष्ट्रमन्त्रीबाट बाहिरिएका एमाले नेता ज्ञवालीको आम्दानी साढे बिस लाख

काठमाडौं – शुक्रबार परराष्ट्रमन्त्रीको जिम्मेवारीबाट बाहिरिएका एमाले नेता प्रदिप ज्ञवालीले बाहिरिएसँगै आम्दानी सार्वजनिक गरेकाछन् ।

उनले आफूलाई सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिदै आम्दानी सार्वजनिक गरेका हुन् ।

उनले यस अवधिमा करिब साढे ९ लाख पार्टीको र साढे सात लाख आफ्नो खातामा जम्मा भएको उल्लेख गरेकाछन् ।

‘यस अवधिमा मेरो तर्फबाट विदेश भ्रमण बापतको लेभी ३ लाख १४ हजार ९३० र पारिश्रमिक बापतको लेभी ६ लाख २० हजार गरी जम्मा ९ लाख ३४ हजार ९३० पार्टी खातामा जम्मा भएको छ’ उनले भनेकाछन्, ‘पारिश्रमिकको कर कट्टीबापत ३ लाख ७२ हजार ४९१ रुपैयाँ १३ पैसा सरकारी कोषमा दाखिला भएको छ । हाल मेरो खातामा ७ लाख ४१ हजार ७७५ रुपैयाँ ६० पैसा बचत रहेको र केही घरायशी सामान एवं दुई सय जति पुस्तक थपिनु बाहेक मन्त्री बने लगत्तै सार्वजनिक मेरो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी गराउँछु ।’

सामाजिक संजालमा उनले आम्दानी खर्च सार्वजनिक गरेसँगै विभिन्न प्रतिक्रिया आएकाछन् । धेरैले उनको यो कामको स्रहाना गरेकाछन् भने केहीले आफ्नो आम्दानी भन्दा उनको कार्यकालमा भएको नीतिगत भ्रष्टाचार मुलुकको लागि घातक भएको र ज्ञवाली त्यसकै साक्षी बनेको बताएका छन्।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै