Sunday, June 20, 2021
युनिकोड

बाबुरामको कटाक्ष :दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो?

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको अन्ध राष्ट्रवाद बाहिरिएको बताएका छन्।

शुक्रबार जसपाका १० मन्त्री सरकारमा सहभागी गराएका ओली प्रति कटाक्ष गरेका उनले संविधान जारी गर्दा दीपावली गर्ने र व्ल्याक आउट गर्नेको घाँटी कसरी जोडियो भनेर प्रश्न गरेकाछन् ।

उनलेे भनेका छन्, ‘यक्ष प्रश्न-संविधान जारी हुॅदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाॅटी कसरी जोडियो?अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम? नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाॅ जोडिएको रहेछ? दुबैको मुकुण्डो उत्रिएन त?’

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै