Monday, June 21, 2021
युनिकोड

२४ घण्टामा ६ हजार ६ सय ५३ संक्रमित, १ सय १ को मृत्यु

काठमाडौं– कोभिड १९ संक्रमितको संख्या स्थिर रहे पनि निको हुनेको संख्या वृद्धि भएको छ ।

गत २४ घण्टामा २० हजार ८ सय १३ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ६ हजार ६ सय ५३ जना संक्रमित भएका छन् । सोही अवधिमा ८ हजार ६ सय ६३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा एक सय १ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या ७ हजार ७ सय ३१ रहेको छ ।

मन्त्रालयका अनुसार ७ सय ५५ जना क्वारेन्टाइनमा रहेका छन् ।

गत २४ घण्टामा काठमाडौंमा ८ सय ९७, भक्तपुरमा १ सय ८८ र ललितपुरमा २ सय ९९ जना संक्रमित भएका छन् ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै