जसपाको ठाकुर–महतो समूह सरकारमा जाने, ८ मन्त्री र २ राज्यमन्त्रीले सपथ लिँदै

काठमाडौं– जनता समाजवादी पार्टीको महन्थ ठाकुर–राजेन्द्र महतो समूह सरकारमा जाने भएको छ । आज प्रधानमन्त्रीसँगको छलफल पछि भएको सहमति पछि जसपाको यो समूह राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने भएको हो ।

उनीको आज ६ बजे सपथ खुवाउने कार्यक्रम छ ।

सहमति अनुसार राजेन्द्र महतो उपप्रधान सहित शहरी विकास, शरतसिंह भण्डारी जलस्रोत, अनिल झा खानेपानी, विमल श्रीवास्तव श्रम तथा रोजगार, उमाशंकर अरगरैया बन, चन्दा चौधरी महिला, लक्ष्मणलाल कर्ण भूमीव्यवस्था, इकबाल मिया यूवा तथा खेलकुद, रेणुका गुरुङ्ग महिला राज्यमन्त्री, चन्द्रकान्त चौधरी राज्यमन्त्री हुने भएका हुन्।

गृहको दावी गरेको जसपाले गृह भने नपाउने भएको छ । अहिले गृह सहित ८ वटा मन्त्रालय खाली छन् । गृह मन्त्रालय जसपाले नपाउने निश्चित भएको छ । जसपाले उपेन्द्र यादव पक्षबाट कित्ता परिवर्तन गरेर आएका ५ जना सांसदमध्ये दुई जना सांसद विमल श्रीवास्तव र उमाशंकर अरगरैयालाई फुल मन्त्री र रेणुका गुरुङ सहित दुई जनालाई राजमन्त्रीमा पठाउने भएको छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै