Thursday, June 17, 2021
युनिकोड

नागरिकता सम्बन्धी अध्यादेशमाथि परेको रिटमा सुनुवाई गर्न संवैधानिक इजलास गठन


काठमाडौं–नागरिकता सम्बन्धी अध्यादेशविरूद्ध परेका रिटमाथिको सुनुवाईको लागि संवैधानिक इजलास गठन भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले नागरिकता अध्यादेश सम्बन्धी रिट हेर्न बरिष्ठ न्यायाधीशहरूलाई संवैधानिक इजलासमा तोकेका छन्।

शुक्रबारको इजलासमा राणासहित दीपककुमार कार्की, हरिकृष्ण कार्की, मिरा खड्का र ईश्वरप्रसाद खतिवडा छन्। प्रतिनिधिसभा विघटन विरूद्धको रिटमा संवैधानिक इजलासको लागि तोकिएका न्यायाधीश विवादमा आएपछि प्रधानन्यायाधी राणले वरिष्ठताका आधारमा न्यायाधीश तोकेका हुन् ।

नागरिकता सम्बन्धी अध्यादेशको विरुद्धमा अधिवक्ता बोर्णबहादुर कार्की रामबहादुर शाही लगायतले रिट दायर गरेका थिए ।

सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेको नागरिकता सम्बन्धी अध्यादेशमा जन्मसिद्ध नागरिकका सन्तानले बुवा–आमा दुवैको नागरिकता देखाए वंशजको नागरिकता पाउने, बावुको पहिचान नभएको स्वघोषणा गरे नेपाली आमाको नामबाट मात्र नागरिकता पाउने व्यवस्था छ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै