नेपाल -खनाल समूका चार नेताको निष्कर्ष , ‘अब फर्कन सक्ने ठाउँ छैन’

काठमाडौं – नेकपा एमालेको नेपाल-खनाल समूह लगभग अनिर्णयको बन्दी बनेको छ । सरकारलाई असहयोग देखि समानान्तर गतिविधिसम्मलाई तिव्रता दिँदा समेत अध्यक्ष ओली नरम बन्ने संकेत देखिएको छैन ।

एमालेको नेपाल-खनाल समूह भित्रका चार नेताले कुनैपनि कोणबाट अब एक हुन सहज नभएको संकेत गर्दै बरिष्ठ नेता झलनाथ खनाल र नेता नेपाललाई सम्बोधन गर्दै ध्यानाकर्षण गराएकाछन् ।

नेताहरू जगन्नाथ खतिवडा, विजय पौडेल, प्रकाश ज्वाला र राजेन्द्र राईले वार्ता गर्न गठित कार्यदलको औचित्य नै सकिएको निष्कर्ष निकाल्दै समूहले भन्दै आएको जेठ २, २०७५ पनि अन्तिम बिन्दु मान्न नसकिने उल्लेख छ ।

पत्रको निष्कर्ष पार्टी विभाजन गर्न सुझाएको देखिन्छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै