डोटीमा निषेधाज्ञा जेठ ३१ गतेसम्म थपियो

डोटी – कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई यही जेठ ३१ गतेसम्म लम्ब्याइएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले निषेधाज्ञाको अबधि थप गरेको प्रमुख जिल्ला अधिकारी सुनील खनालले जानकारी दिए ।

जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ६०० पुगेको छ । कोरोनाबाट जिल्लाभित्र र बाहिर गरी हालसम्म ११ जनाले अकालमा ज्यान गुमाएका छन् ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै