Thursday, June 17, 2021
युनिकोड

खानीजन्य सामाग्री निर्यात गर्ने सरकारको निर्णयमा प्रदेश २ को आपत्ति, नसच्चाए प्रदेशले आवश्यक निर्णय लिन्छ

काठमाडौं–सरकारले बजेट भाषण मार्फत गिट्टी, ढ्ंगा र बालुवा निकासीको योजना बनाइरहँदा प्रदेश सरकारले समेत त्यसका विषयमा प्रतिकृया जनाउन सुरु गरेकाछन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले यसको बचाउ गर्दै संभाव्यता अध्ययनको आधारमा पहाडका ढुंगा खानी उत्खनन गर्ने बताइरहेका बेला प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भने यसको विरोध जनाएकाछन् ।

बिहीबार विज्ञप्ति जारी गर्दै उनले चुरे मधेशको रक्षा कवच भएको र वर्षेनी बाढी पहिरो तथा पानीको समस्यको कारण अहिले पनि समस्या भोगिरहेको उल्लेख गर्दै उत्खननबाट यो समस्या बढेर नदीको बहाव तिव्र हुने र मधेशमा बालुवा थुप्रिने बताएकाछन् ।

उनले प्रदेश २ लाई मरुभूमीकरण हुनबाट जोगाउन सरकारले यो निर्णयबाट पछाडि नहटे आवश्यक निर्णय लिने जनाएकाछन् ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै