गृहपृष्ठ स्वास्थ्य २४ घण्टामा ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस सङ्क्रमण

२४ घण्टामा ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस सङ्क्रमण

प्रकाशित मिति:

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म कोभिड–१९बाट सङ्क्रमितको हुनेको सङ्ख्या ५ लाख ८६ हजार ५ सय ९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ९ सय ४ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ४ लाख ६७ हजार ४ सय ६७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७५ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । योसँगै हालसम्म कोभिड–१९को सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ७ हजार ६ सय ३० पुगेको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १ लाख १ हजार ८ सय ३९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १८ हजार ५ सय ६२ जनाको पीसीआर र ३ हजार २ सय ११ जनाको एन्टीजेन विधिबाट कोभिड–१९को सङ्क्रमण परीक्षण गरिएको छ ।

सम्बन्धित् समाचार