Monday, June 21, 2021
युनिकोड

कालो ढुसीको सङ्क्रमणबाट कैलालीमा एकको मृत्यु

कैलालीको – धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक म्युकोमाइकोसिस (कालो ढुसी) सङक्रमितको मृत्यु भएको छ । यही जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत कैलालीको बर्दगोरियाका ६५ वर्षीय पुरुषको म्युकोमाइकोसिस (कालो ढुसी)का कारण मृत्यु भएको हो ।

यो पनि पढ्नुहोस्>>कोभिडको संक्रमणबाट चिकित्सकको मृत्यु

उनको आज बिहान ७ः०० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिएका छन् । लक्षण देखिएपछि ‘बायोप्सी’ परीक्षण गर्दा कालो ढुसी पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ । रासस

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै