Sunday, June 20, 2021
युनिकोड

कोभिडको संक्रमणबाट चिकित्सकको मृत्यु

बुटवल- भैरहवास्थित युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अस्पतालमा कार्यरत कपिलवस्तुका ३५ वर्षीय फिजिसयन उप-प्राध्यापक डा. पशुपति रजौरियाको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा बुधबार राती मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी शुशिल गुरुङका अनुसार गत बैशाख कोभिडको संक्रमण भएका रजौरिया संक्रमणमुक्त भएको भएपनि छातीमा संक्रमण भएपछि थप उपचारको लागि ग्राण्डीमा गत बैशाख ३१ गते देखि उपचाररत थिए ।

अस्पतालका अनुसार उनले कोभिड विरूद्दको खोप लगाएका थिएनन् ।

‘अस्पतालले व्यवस्थापन गरेको थियो तर खोप लगाउनु भएको थिएन्, उहाँ र उहाँको श्रीमती दुबैले खोप लगाउनु भएको थिएन, यो उहाँहरूको स्वेच्छाको कुरा पनि भयो’ गुरूङ्गले भने ।

रजौरियाकी श्रीमति डा. हसिना वानु पनि सोही अस्पतालमा कार्यरत रहेको र कोभिड संक्रमण जितेकी थिइन् । श्रीमति वानु प्रसुती तथा स्त्री रोग विशषज्ञ हुन् । उनीहरुको केही समयअघि मात्रै विवाह भएको थियो ।

रजौरिया गत मार्च २८ देखि उक्त अस्पतालमा कार्यरत थिए ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै