Sunday, June 20, 2021
युनिकोड

प्रदेश १ को बजेट अधिवेशन जेठ २४ गते

विराटनगर – प्रदेश १ सरकारले बजेट अधिवेशन जेठ २४ गते आह्वान गर्ने निर्णय गरेको छ । आज (बिहीबार) बिहान बसेको मन्त्रिपरिषद बैठकले जेठ २४ गते दिउँसो २ बजे बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेकाे हाे।

सो निर्णय अनुसार अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको बताइएको छ । अधिवेशन आह्वान र अन्त्य प्रदेश प्रमुखबाट हुने संवैधानिक व्यवस्था छ ।

कोरोना महामारीलाई कारण देखाउँदै समयमा प्रदेशसभा अधिवेशन नबोलाएको प्रदेश १ सरकारले आर्थिक कार्यविधि ऐन २०७४ संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय यसअघि गरेको थियो ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै