Sunday, June 20, 2021
युनिकोड

नेपाली लघुकथाको इतिहाँस बोकेको गीत सार्वजनिक

देशमा लकडाउनको अवस्थामा भर्चुअल माध्यमबाट लघुकथा इतिहासमा सम्भवत नेपालको पहिलो लघुकथा गान सार्वजनिक भएको छ ।
हाम्रो लघुकथा पेजका व्यवस्थापक शेखरकुमार श्रेष्ठ को अध्यक्षतामा बिमुन्स पौडेलले कार्यक्रम संन्चालन गरेका थिए ।

भने अर्का व्यवस्थापक शुभ शर्माले सहभागी अतिथी एबं देश बिदेशबाट हेरी रहनु भएका समस्त लघुकथा प्रेमी पाठक दर्शकहरुलाई कार्यक्रमबाट स्वागत गरेका थिए ।

लघुकथा गान हाम्रो लघुकथा पाठशाला पेजका व्यवस्थापक राजु क्षेत्री अपुरोको परिकल्पना, संस्थापक व्यवस्थापन लता केसीले गरेकी थिईन् ।

उक्त गीतमा प्रथम भ्वाइस अफ नेपाल विजेता सिडी विजय अधिकारीको संगीतका साथै मनिषा राईको साथ दुई जनाको सुमधुर स्वर रहेको छ ।

सुरुमा प्राबिधिक गडबढी भएर केही समय ढिला भएकोमा उद्धघोषक बिमुन्स पौडेलले लघुकथा गीत सबै माझमा सार्वजनिक गरे पछि कार्यक्रमका अतिथि एवम् सहभागीले अभिरुचि पूर्वक हेरेर खुशी व्यक्त गरेका थिए ।

कार्यक्रमा सबै सहभागी अथिती महोदयहरुबाट शुभकामना मन्तव्य कार्यक्रम थियो ।

आफ्नो विचार प्रकट गर्नु हुने अतिथिहरुमा डा. पुष्करराज भट्ट, नारायण तिवारी, सुमन सौरभ, कल्याण पन्त, असफल गौतम, डा‍. भरतकुमार भट्टराई एवम् ध्रुव मधिकर्मी थिए ।

कार्यक्रमका प्रमुख अतिथि लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले लघुकथा गानको निर्माण प्रति खुसी गरे ।

उहाँले नेपाली लघुकथाका क्षेत्रमा भए गरेका महत्वपूर्ण घटनाको चर्चा गर्दै लघुकथा गानको निर्माण नेपाली लघुकथाका लागि महत्वपूर्ण घटना मध्ये एक भएको विचार व्यक्त गरे ।

प्रमुख अतिथि श्रेष्ठले अब देखी हुने लघुकथाको कार्यक्रमहरुमा साहित्यमा संगितमय बनाउन शुरु, मध्य र अन्तमा यस गानलार्ई स्थान दिन हुन सबै लघुकथा प्रेमीहरुमा अनुरोध गरेका छन् ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै