Sunday, June 20, 2021
युनिकोड

ओली टसमस नभए पछि रणनीतिक बनाउँदै नेपाल -खनाल समूह, पार्टी गठनसम्मको विकल्प

काठमाडौं- पार्टी विवाद समाधानमा पार्टी अध्यक्ष केपी शर्मा नरम नदेखिए पछि एमाले भित्रको नेपाल-खनाल समूह अन्यौलमा देखिएको छ ।

विवाद समाधान गर्नु भन्दा नेपाल-खनाल समूहले समानान्तर गतिविधि सञ्चालन गर्ने र ओली समूहले नेपाल-खनाल समूहका उच्चस्तरीय नेतालाई कारवाही गर्न थालेपछि सहमतिको विन्दु टाढा देखिएको हो ।

आफ्नो समूहमा रणनीति बनाउन ब्यापक छलफलमा जुटेको नेपाल-खनाल समूह बिहीबार केन्द्रीय कमिटी बैठक राखेको छ ।

पार्टीको एउटा तप्का पार्टी एक बनाउन निरन्तर ओली समूहसँगको छलफलमा छ । तर ओली सामुहिक समस्या समाधान मात्र भन्दा पनि नेपाल-खनाल समूहका केही प्रभावशाली नेतालाई हात लिएर उक्त समूहलाई कमजोर बनाउने रणनीतिमा छन् । उता नेपाल-खनाल समूह एमाले-माओवादी एकिकरण पूर्वको अवस्थामा पार्टी लैजाने न्युनतम शर्त कायमै राखेको छ ।

नेपाल-खनाल समूह पार्टी बैठकबाट नयाँ पार्टी खोल्ने विकल्पमा छलफल हुने बुझिएको छ । तर पार्टीका केन्द्रीय सदस्य देउमान संवाहाङ्फे अहिले पनि आफ्नो समूहको भित्री उध्देश्य पार्टी एकता नै रहेको बताए ।

‘अदालतले फैसला गरिसकेपछि पार्टीको पुरानै अवस्थामा लैजाउँ , ०७५ जेठ २ को बिन्दुबाट पार्टी हिडाउँ भन्ने हो तर ओली त्यसमा सहमत हुने संकेत देखिएन’ उनले भने, ‘ओली अहिले पनि अदालतलाई हातमा लिने र हामीलाई प्रयोग मात्र गर्ने रणनीति देखिन्छ ।’

उनले अर्को पार्टी गठनको संभावना उत्तिकै भएपनि अहिले नै हतार गर्ने मनस्थितिमा नरहेको बताए । ‘अहिले बाहिर आएजस्तो नयाँ पार्टीको गठन ओलीलाई दवाव दिनको लागि हैन’ उनले भने’ पार्टी गठन आवश्यकता भइसकेको छ तर त्यसको लागि व्यापक छलफल हुन्छ ।’

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै