Thursday, June 17, 2021
युनिकोड

चुरे क्षेत्रको संरक्षण गर्न सरकार प्रतिबद्ध छ : अर्थ मन्त्रालय

काठमाडौं – सरकारले चुरे क्षेत्रको संरक्षण र संवर्द्धनका लागि प्रतिबद्ध रहेको र कुनै पनि हल्लाको पछाडि नलाग्न आग्रह गरेको छ ।

अर्थ मन्त्रालयले बुधबार एक विज्ञप्ति मार्फत चुरे क्षेत्रको संरक्षणका लागि कुनै पनि कसर बाँकी नराखिने स्पष्ट पारेको छ ।

आगामी आर्थिक वर्षको बजेटमा खानीजन्य ढुंगा, गिटी र बालुवाको सन्दर्भमा उल्लेख भएका विषयलाई लिएर अनावश्यक रुपमा आलोचना भएपछि अर्थ मन्त्रालयले बुधबार एक विज्ञप्ति मार्फत चुरे क्षेत्रको संरक्षणका लागि कुनै पनि कसर बाँकी नराखिने स्पष्ट पारेको हो ।

’नेपाल सरकार चुरे क्षेत्रको संरक्षण र संरक्षण गर्न प्रतिबद्ध छ,’ अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यो पनि पढ्नुहोस >> चुरे क्षेत्र र नदी प्रणालीमा मनपरी दोहन गर्ने ढोका खोल्यो : नेता आचार्य

खानी तथा भूगर्भ विभागले पहिचान गरेका र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बमोजिम चुरे, भावर, शिवालिक र नदीप्रणाली बाहेकका

उपयुक्त क्षेत्रमा खानी उत्खनन् गर्ने नीतिगत दृष्टिकोण बजेटमा प्रस्तुत गरिएको प्रवक्ता आचार्यको दाबी छ ।

चुरे क्षेत्रमा ढुंगा, गिटी, बालुवालगायतका निर्माण सामग्रीको दोहन हुन नदिने बजेट वक्तव्यको मूल मर्म रहेको पनि उनको भनाइ छ ।

सम्बन्धित सरकारी निकाय, वातावरणविद, विषय विज्ञ र सरोकारवालाहरुसँग छलफल गरी प्राप्त हुने सल्लाह र सुझावका आधारमा कार्यविधि निर्देशिका, मापदण्ड, एवं कानुनी प्रबन्ध गरिने उनले बताएका छन् ।

यस्तै वातावरण र जनजीविकामा प्रतिकुल असर नपर्ने व्यवस्था मिलाउन सरकार पूर्ण प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै