बैंक तथा वित्तीय संस्था आलोपालोमै सञ्चालन हुने

काठमाडौं- काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खुकुलो बनाइने भए पनि बैंक तथा वित्तीय संस्था पूर्ववत अवस्थामा सञ्चालन हुने भएकाछन् ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकले निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने र केही क्षेत्र खुकुलो बनाउने निर्णय गरेको छ ।

बैठकले विगत एक महिनादेखि जारी निषेधाज्ञाको मोडालिटी परिवर्तन गरेपनि बैंक तथा वित्तीय संस्था सञ्चालनमा पहिलेकै व्यवस्थालाई निरन्तरता दिएको हो ।

हाल काठमाडौं जिल्लामा वाणिज्य बैंकहरुको हकमा प्रधान कार्यालय र ३ वटा शाखा कार्यालय र विकास बैंकको हकमा प्रधान कार्यालय र २ वटा शाखा कार्यालय आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत मात्र) प्रयोग गरी सञ्चालन गर्न पाउने व्यवस्था छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै