कांग्रेसमा महाधिवेशन बहस, विकल्पमा छलफल

काठमाडौं- महामारी लम्बिदै गएसँगै नेपाली कांग्रेसमा महाधिवेशन बहस सुरु भएको छ। पार्टीको पौडेल समूहले १४औं महाधिवेशन कसरी गर्ने भन्ने विषयमा विकल्पमा छलफल गरेको हो ।

पौडेल समूहले अब तोकिएको समयमा महाधिवेशन गर्न नसकिए पार्टी वैधानिक र संवैधानिक रुपमा नै संकटमा पर्ने बताउँदै आएको छ ।

नेपालको संविधानको धारा २६९ को उपधारा ४ ‘ख’ अनुसार पाँच वर्षभित्र दलले आफ्नो अधिवेशन गर्न नसकेमा ६ महिना म्याद थप्न गर्न सक्ने व्यवस्था छ । कांग्रेसले संविधानले दिएको सो सुविधा प्रयोग गरिसकेको छ । सोही व्यवस्था अनुसार कांग्रेसको वर्तमान कार्यसमितिको म्याद भदौसम्म तोकिएको हो ।

अगाडि सारेका दुई विकल्प

पौडेल समूहले १४औं महाधिवेशनका लागि हालसम्म वितरित क्रियाशिल सदस्य मध्येबाट महाधिवेशन गर्न सकिने एउटा विकल्प देखाएको छ ।

अर्को १३औं महाधिवेशनमा प्रतिनिधि रहेकाहरुबाट नै तत्कालका लागि केन्द्रीय समिति निर्वाचित गर्न सकिने प्रस्ताव छ ।

कोरोना महामारी र क्रियाशील सदस्यताको काममा भएको ढिलाइले आगामी भदौ ७ देखि १० गतेसम्मका लागि निर्धारित महाधिवेशन प्रभावित हुने परिस्थिति बन्दै गएको पौडेल समूहको ठहर छ ।

कांग्रेसले १५ जेठमा सार्वजनिक गरेको विवरण अनुसार हालसम्म करिब ८ लाख क्रियाशिल सदस्यता अनलाइन प्रणालीमा समावेश भइसकेको छ । कांग्रेसले आगामी निर्वाचनसम्म पार्टीको क्रियाशिल सदस्यता १० लाख पुर्याउने लक्ष्य राखेका छ । यसअघि कांग्रेसको क्रियाशिल सदस्यता ४ लाख ८० हजारले लिएको तथ्यांक छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै