Thursday, June 17, 2021
युनिकोड

उपत्यकामा निषेधाज्ञाको समय जेठ ३१ सम्म थपियाे

काठमाडौं – काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय जेठ ३१ सम्म थप गरिएको छ । काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले बुधवार निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकको निर्णय अनुसर किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिने निर्णय गरिएको बताईएको र सार्वजनिक निर्माणलाई खुल्ला गर्ने निर्णय भएको बताईएको छ । निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न दिने निर्णय गरिएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा तत्काल खुल्ला गर्ने अवस्था नआएको निष्कर्ष निकालेका थिए ।

वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो । जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै