Thursday, June 17, 2021
युनिकोड

चुरे क्षेत्र र नदी प्रणालीमा मनपरी दोहन गर्ने ढोका खोल्यो : नेता आचार्य

काठमाडौं – नेपाली कांग्रेसका नेता महेश आचार्यले आगामी वर्ष २०७८/७९ को बजेट मार्फत संघीय सरकारले ढुंगा गिट्टी बालुवा निकासीमा बिगत ७ वर्ष देखि लागि राखेको प्रतिबन्ध हचुवाका भरमा हटाएर चुरे क्षेत्र र नदी प्रणालीमा मनपरी दोहन गर्ने ढोका खोलिदिएको बताएकाछन् ।

उनले त्यस भेगका जनताको जीवन जीविका वन सम्पदा र वातावरणीय सन्तुलनमा गम्भीर चोट पुर्याउन थालेको उल्लेख गरेकाछन्।

उनले भनेका छन्, ‘चुरे क्षेत्रको विपुल प्राकृतिक सम्पदा तपाईको क्षेत्राधिकार हो – यहाका जनताको जीवन र जीविकाको सुरक्षा तपाइको जिम्मेवारी र क्षेत्राधिकार हो। चुरे क्षेत्रको मनपरी दोहनको दीर्घकालिन प्रभावले पहाड र सिमा पारीको क्षेत्रमा समेत विनास निम्त्याउन सक्छ।’

उनको आग्रह यस्तो छ :

आदरणीय मुख्यमन्त्री एवम् स्थानीय सरकार प्रमुखहरु, देशको जनसंख्याको आधा भन्दा बढी हिस्सा बसोबास गर्ने चुरे तराई मधेश क्षेत्रका जनताको जीवन र त्यस क्षेत्रको विपुल प्राकृतिक सम्पदाको रक्षा गर्ने बिषय तपाईको प्रत्यक्ष जिम्मेवारी र पहिलो सरोकारको बिषय हो। आगामी वर्ष २०७८/७९ को बजेट मार्फत संघीय सरकारले ढुंगा गिट्टी बालुवा निकासीमा बिगत ७ वर्ष देखि लागी राखेको प्रतिबन्ध हचुवाका भरमा हटाएर चुरे क्षेत्र र नदि प्रणालीमा मनपरी दोहन गर्ने ढोका खोलिदिएको छ र त्यस भेगका जनताको जीवन जीविका वन सम्पदा र वातावरणीय सन्तुलनमा गम्भीर चोट पुर्याउन थालेको छ।
चुरे क्षेत्रको बिनासले अहिले जीवन गुजारी रहेका जनताको मात्र होइन आउने सन्ततिको जीवन र भविष्य समेत जोखिममा पर्ने निश्चित छ।चुरे विनाशले तराईको उब्जाऊ जमिन विकराल बाढी , कटान र डुबानले अन्तत: मरुभुमी बन्न सक्छ, खानेपानीको समेत हाहाकार हुन सक्छ, अमुल्य प्राकृतिक सम्पदा लोप हुन सक्छन् भन्ने विज्ञको अध्ययन र बाबु बाजेको अनुभव ज्ञानलाई समेत बेवास्ता गरि संघीय सरकारले गरेको यो निर्णय तत्काल फिर्ता गराउनु तराई मधेशका स्थानीय सरकार र प्रदेश सरकारको गम्भीर जिम्मेवारी भएको छ।
चुरे क्षेत्रको विपुल प्राकृतिक सम्पदा तपाईको क्षेत्राधिकार हो – यहाका जनताको जीवन र जीविकाको सुरक्षा तपाइको जिम्मेवारी र क्षेत्राधिकार हो। चुरे क्षेत्रको मनपरी दोहनको दीर्घकालिन प्रभावले पहाड र सिमा पारीको क्षेत्रमा समेत विनास निम्त्याउन सक्छ। यो आत्मघाती निर्णय बदर गराउन संघिय सरकार माथि दबाब सिर्जना गर्नु होस् र स्थानिय जनतासंग सम्वाद प्रारम्भ गर्नु होस्।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै