Monday, June 21, 2021
युनिकोड

ढुङ्गा,गिट्टी,बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने सरकारको घटिया सोच : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले बजेट भाषण मार्फत गिट्टी ढुैगा उत्खननमा चालेको कदमको विरोध गरेका छन् ।

उनले सरकारले संसद नभएको बेला जस्केलाबाट कार्यक्रम ल्याएको आरोप लगाएका छन् ।

‘संसद नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा ’नेपालको ढुङ्गा,गिट्टी,बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने’ कार्यक्रम घुसाएर सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको छ।वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशिल छ प्रस्ट भएको छ।’ उनले भनेकाछन् ।

उनले सरकारको यस कदमलाई सरकारले नीतिगत रुपमा भ्रष्टाचार गरेको र यस कदमलाई रोकेरै छाड्ने बताएकाछन् । ‘यो नीतिगत भ्रष्टाचार हो, आफ्ना ‘यार’लाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुनःछर्लङ्ग भएको छ।’ उनले भनेकाछन्, ‘चुरे क्षेत्र तहस नहस पारेर तराईलाई मरभुमिकरण गर्न उद्धत यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटक पटक रोकेको हो।यसपटक पनि सरकारको यो निर्णय रोकेरै छाड्नेछौँ।’

नेता थापाले अदालतको आदेश, संसदीय समितिका पटक पटकका निर्देशन र नागरिक खवरदारीलाई अन्देखा गर्दै सरकारले जस्केलाबाट ल्याएको यो जनविरोधी कार्यक्रमलाई हामी जनप्रतिनिधिले त प्रतिरोध गर्ने भन्दैआम जनता, संचारजगत, सचेत नागरिक समाज सबैलाई यसको प्रतिरोध गर्न आव्हान गरेकाछन् ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै