Thursday, June 17, 2021
युनिकोड

चौधरी ग्रुपको बियर फ्याक्ट्रीमा आगलागी

काठमाडौं – चौधरी ग्रुपको नवलपरासी पूर्वस्थित बियर फ्याक्ट्रीमा आगलागी भएको छ । पूर्वी नवलपरासीकाे देवचुली नगरपालिका–२ स्थित रजरमा रहेको फ्याक्ट्रीको बियर गोदाममा बुधबार बिहान भीषण आगो लागेको हो ।आगो नियन्त्रणबाहिर रहेकाे प्रहरीले जनएकाे छ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार तीन वटा दमकलले आगो नियन्त्रण प्रयास गरिरहेका छन् । आगो नियन्त्रणमा आउन नसकेपछि भवनहरू डोजर लगाएर भत्काउन थालिएको छ ।

आगो निभाउनका लागि सशस्त्र प्रहरी, जनपद प्रहरी, नेपाली सेना र दमकल खटिएका छन्, तर नियन्त्रणमा आउन नसक्दा आसपासका जिल्लाबाट अरू दमकल बोलाएको प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताएका छन्

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै