Sunday, June 20, 2021
युनिकोड

प्रहरीको नाममा रकम असुली गर्ने नक्कली प्रहरी पक्राउ

रौतहट – प्रहरीको नाममा रकम असुली गर्ने एक जना नक्कली प्रहरीलाई रौतहटबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौर नगरपालिका वडा नम्बर २ महादेवपट्टीका ३० वर्षीय सुशील पटेल रहेका छन् । उनले टोलवासीसँग बोर्डर पारीबाट उपभोग्य सामान वारि ल्याउँदा नक्कली प्रहरी बनेर रकम असुल्ने गरेकाे प्रहरीले जनाएकाे छ ।

निषेधाज्ञाको अवधिमा सिमा पारि गरिदिने प्रलोभन दिदै रकम असुली गरेको सुचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक भरत श्रेष्ठका अनुसार पक्राउ परेका पटेललाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको जानइएको छ ।

नेपाल भारत खुल्ला सिमा भएकोले निशेधाज्ञाको अवस्थामा नेपाली नागरिकहरु दैनिक उपभोग्यको सामग्री भारतको बैरगनिया बजारमा जाने गरेका छन ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै