Thursday, June 17, 2021
युनिकोड

चितुवा मृत अवस्थामा फेला

पर्वत – पर्वतको महाशिला गाउँपालिकामा मृत अवस्थामा चितुवा फेला परेको छ । महाशिला–५ लुंखुदेउरालीस्थित चिसापानी, कालिकादेवीस्थान सामुदायिक वनमा मङ्गलवार दिउँसो मृत अवस्थामा चितुवा फेला परेको हो । अन्दाजी दुई / तीन वर्षको उमेरको जस्तै देखिने चितुवा के कारणले म¥यो भन्ने खुलेको छैन ।

मृत चितुवालाई सव डिभिजन वन कार्यालय लुंखुदेउराली, स्थानीय जनप्रतिनिधि र प्रहरीको रोहबरमा वन कार्यालयको परिसरमा खाडलमा पुरिएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले जानकारी दिए ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै